पब्लिक सूचना
म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा सोमवार १० खेलाडीमा सिमित एभर्टनसँग स्तब्ध भएको छ।
कियरन ड्युज्बरी होलको सानदार गोलको मद्दतले युनाइटेडलाई १-० ले हराउँदै एभर्टनले ऐतिहासिक जित हासिल गरेको हो । रुबेन अमोरिमले युनाइटेडको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको दिन टोलीले हार बेहोरेको छ ।
इद्रिसा गेइले १३औँ मिनेटमा आफ्नै टोलीका माइकल किनलाई हानेपछि रातो कार्ड खाँदा एभर्टनले १० खेलाडी मा सिमित भएको थियो।
एभर्टनले सन् २०१३ पछि ओल्ड ट्राफोर्डमा जित निकालेको यो पहिलो अवसर हो। २९ औं मिनेटमा डेविड मोयेसको टोलीले अग्रता लिएको थियो। होलले पेनाल्टी बक्स बाहिरबाट हानेको कडा प्रहार गोलकिपर सेने लामेन्सले छोए पनि गोल भएको थियो।
युनाइटेडले दोस्रो हाफमा खेल पूर्णरूपमा नियन्त्रणमा लिएर बराबरी गोलका लागि धेरै प्रयास गर्यो। तर एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले ब्रायन म्बेमो र जोशुआ जिर्कजेका प्रहार रोकेर टोली अग्रता जोगाएका थिए।
यो जितसँगै एभर्टन तालिकाको ११औँ स्थानमा उक्लिएको छ। समान अंकमा साथ युनाइटेड १०औँ स्थानमा छ । युनाइटेडले पाँचौँ स्थानमा उक्लिने मौका गुमाएको थियो।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend