पब्लिक सूचना
पछिल्लो समय दक्षिण भारतीय फिल्महरूले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेका छन्। अझ कम बजेटमा बनेका फिल्महरूले राम्रो कमाइ गरेर सबैलाई चकित पारिरहेका छन्। यस्तैमा मराठी फिल्मले पनि राम्रो कमाइ गर्न थालेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मराठी फिल्म ‘बाईपण भारी देवा’ लाई दर्शकहरूले खुबै रूचाइरहेका छन्। सामाजिक सञ्जालमा यो फिल्मको प्रशंसा भइरहेको छ।
यति मात्र होइन, यो फिल्मले रिलिज भएको १७ दिनमा आफ्नो बजेटको १० गुणाबढी कमाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जुन ३० मा रिलिज भएको फिल्मले ५० करोड ८५ लाख भारू कमाए गरेको छ।
यसले पहिलो दिन ६ करोड १० लाख भारू कमाएको थियो। यो सर्वाधिक कमाइ गर्ने मराठी फिल्म हो।
‘बाईपण भारी देवा’ ले आगामी दिनमा अझै राम्रो कमाइ गर्ने ट्रेड एनालिस्टहरूको अनुमान छ।
केदार शिन्देले निर्देशन गरेको फिल्ममा रोहिणी हट्टंगडी, बन्दना गुप्ते, सुचित्रा बान्देकर, सुकन्या माने, शिल्पा नवलकर, दीपा परबलगायत कलाकारको अभिनय छ। फिल्मलाई माधुरी भोसले र जियो स्टुडियोजले निर्माण गरेका हुन्।
फिल्ममा बुढेसकालमा नृत्य प्रतियोगितामा सहभागी हुन चाहने महिलाको कथा देखाइएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend