logo
  • शनिबार, असोज १७ २०८३

फिफा वरीयतामा नेपालको ओरालो यात्रा


  • पब्लिक सूचना
  • शुक्रबार, मंसिर ५ २०८२

पछिल्लो ८ अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न नसकेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयता थप ओरालो लागेको छ।

फिफाको बुधवार जारी गरेको नयाँ वरीयतामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) सदस्य राष्ट्रमा नेपाल‌ तेस्रोबाट चौथो स्थानमा झरेको छ। फिफा वरीयतामा नेपाल १ सय ८२ औं स्थानमा ओर्लिएको‌ छ। अघिल्लो वरीयता भन्दा नेपाल २ स्थान झरेको हो।

नयाँ वरीयताअनुसार नेपसललाई पछि पार्दै बंगलादेश ३ स्थान उक्लिएर १ सय ८०औं स्थानमा पुगेको छ। भारत १ सय ४२ औं र माल्दिभ्स १ सय ४७ औं स्थानमा छ।
बंगलादेश यसै साता एएफसी एसियन कप छनोटमा भारतलाई १-० ले हराएको थियो।

त्यसअघि नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल २-२ को बराबरीमा टुंगिएको थियो। नेपाल एसियन कप छनोटमा मलेसियासँग १-० ले पराजित भएको थियो।

साफ च्याम्पियनसिप नजिकिँदै गर्दा नेपाल साफमा चौथो स्थानमा पुगेको छ। अब नेपाल भन्दा वरीयतामा भुटान, श्रीलंका र पाकिस्तान छन्।

फिफा वरीयताको शीर्ष ४ यथावत रहेको छ। स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा छ। ब्राजिल पाँचौं स्थानमा उक्लिएको छ।

साफ सदस्य राष्ट्रको फिफा वरीयता
भारत- १४२
माल्दिभ्स -१७३
बंगलादेश- १८०
नेपाल – १८२
भुटान -१९२
श्रीलंका – १९४
पाकिस्तान – १९९

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend