logo
  • शनिबार, असोज १७ २०८३

हालान्डको दोहोरो गोलमा नर्वे विश्वकपमा; इटाली पुनः प्लेअफमा धकेलियो


  • पब्लिक सूचना
  • सोमबार, मंसिर १ २०८२

एर्लिङ हालान्डले २ मिनेटको फरकमा २ गोल गरेपछि आइतवार इटालीलाई ४-१ ले हराउँदै नर्वेले विश्वकप स्थान पक्का गर्‍यो।

नर्वेले बिहीवार एस्टोनियालाई हराएपछि विश्व कप छनोट लगभग पक्का गरेको थियो। इटालीले छनोट हुन नर्वेलालाई ९ गोलले जित्नुपर्ने बाध्यता थियो।

खेलमा अग्रता इटालीले नै लिइएको थियो। ११औँ मिनेटमा पियो एस्पोसिटोले फेडेरिको डिमार्कोको पासमा गोल गर्दै इटालीलाई अघि बढाए। त्यसपछि इटालीले धेरै आक्रमण गरे तर पहिलो हाफमा अर्को गोल भएन ।

दोस्रो हाफ नर्वे र हालान्डकै नाममा रह्यो। एन्तोनियो नुसाले ६३ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे। त्यसपछि सहखेलाडी ओस्कर बोब्बको क्रसमा हालान्डले ७८ औं मिनेटमा गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए।

हालान्डले ७९ औं मिनेटमा दोस्रो गोल पनि गरे। योसँगै उनले विश्व कप छनोटका ८ खेलमा १६ गोल गरेका छन्।
इन्ज्युरी समयमा जोर्गेन स्ट्रान्ड लार्सेनले पनि गोल गर्दै नर्वेको जिते पक्का गरे।

नर्वेले विश्वकप छनोट पार गरेसँगै हालान्डले आफ्ना बुवा अल्फ इंगे हालान्डको पाइला पछ्याउनेछन्। उनका बुवाले १९९८ को विश्वकपमा नर्वेको प्रतिनिधित्व गरेका थिए।

इटाली फेरि प्लेअफमा खेल्न बाध्य भएको छ। पछिल्ला दुई संस्करणमा इटाली प्ले अफ मै रोकिएको थियो।

२०१८ विश्वकप छनोटमा स्विडेनसँग १-० र२०२२ नर्थ म्यासेडोनियासँग १-० को हारसँगै इटाली विश्व कप पुग्न सकेको थिएन।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend