पब्लिक सूचना
मैत्रीपूर्ण खेलमा ब्राजिलले सेनेगललाई २-० ले पराजित गरेको छ। शनिवार लण्डनको एमिरेट्स स्टेडियममा भएको खेलमा दुवै गोल पहिलो हाफमै भएको थियो।
ब्राजिलका लागि पहिलो गोल २८औँ मिनेटमा एस्टेवाओले गरे। कासेमिरोको पास डिफ्लेक्ट भएर एस्टेवाओको अगाडि पुगेको थियो । जसलाई उनले गोलमा परिणत गरे।
त्यसको ७ मिनेटपछि कासेमिरो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। रोड्रिगोको फ्रि किकबाट आएको बल नियन्त्रणमा लिएर उनले गोल गरेका थिए।
खेलको सुरुवाती १० मिनेटमै ब्राजिलले ४ राम्रो अवसर पाएको थियो । सेनेगलका गोलरक्षक एडुआर्ड मेन्डीले विनिसियस, कुन्हा र कासेमिरोका प्रहार रोकेका थिए।
सेनेगलले पनि केही मौका बनाएको थियो। पहिलो हाफको इन्जुरी समयमा इस्माइला सारको प्रहार एडर्सनले रोकेका थिए। दोस्रो हाफमा इलिमानको प्रहार पोस्ट लागेको थियो।
शनिवार भएको अन्य मैत्रीपूर्ण खेलको नतिजा

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend