logo
  • आइतबार, असोज १८ २०८३

निजामती सेवाका रिक्त पद विवरण कात्तिक १६ भित्र पठाउन मन्त्रालयको आग्रह


  • पब्लिक सूचना
  • बुधबार, कार्तिक १२ २०८२

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले चालु आर्थिक वर्ष २०८२/८३ का लागि निजामती सेवाको रिक्त पद पूर्ति गर्न रिक्त पदको विवरण खुल्ने गरी कात्तिक १६ गतेभित्र मन्त्रालयमा पठाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।  लोक सेवा आयोगको स्वीकृत वार्षिक कार्यतालिका अनुसार रिक्त पदको पूर्ति गर्नका लागि सेवा समूह सञ्चालन गर्ने सबै मन्त्रालय, महालेखा परीक्षकको कार्यालय र महालेखा नियन्त्रक कार्यालयलाई सूचना जारी गरी आग्रह गरेको हो ।

सम्बन्धित मन्त्रालयले सञ्चालन गर्ने सेवा, समूह, उपसमूह, विभिन्न निकायमा रहेका राजपत्राङ्कित तृतीय श्रेणी, (शाखा अधिकृत) को प्राविधिक तथा अप्राविधिक रिक्त पदको विवरण खुल्ने गरी माग आकृति फाराम भर्न मन्त्रालयले सूचनामार्फत जानकारी गराएको हो । माग आकृतिको विवरण पठाउँदा नेपाल सरकार मन्त्रीपरिषद्ले स्वीकृत भई राष्ट्रिय किताबखाना (निजामती) मा दर्ता भएका पदलाई मात्र सम्बोधन गर्नुपर्ने छ । फाराम भर्दा सेवा, समूह वा उपसमूह, श्रेणी, पद, कुल स्वीकृत दरबन्दी, कार्यरत सङ्ख्या, रिक्त सङ्ख्या, जम्मा रिक्त पद, माग सङ्ख्या, अवकाश, राजीनामा, कारबाहीमा परी रिक्त हुनेको विवरण खुलाएर भर्न मन्त्रालयका अधिकृत सुमन खड्काद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend