logo
  • आइतबार, असोज १८ २०८३

कस्तो रह्यो ‘थामा’ को पहिलो दिनको कमाइ ?


  • पब्लिक सूचना
  • बुधबार, कार्तिक ५ २०८२

दीपावलीको अवसरमा म्याडक फिल्म्सले दर्शकहरूलाई उपहारस्वरूप दिएको हरर-कमेडी फिल्म ‘थामा’ ले रिलिजको पहिलो दिन २४.८७ करोड भारतीय रुपैयाँको सङ्कलन गरेको छ।

आयुष्मान खुराना, रश्मिका मन्दाना र नवाजुद्दीन सिद्दिकी अभिनीत यो फिल्म उच्च अपेक्षाका साथ मंगलबार थिएटरहरूमा रिलिज भएको थियो। ‘सक्निल्क’ को पछिल्लो अपडेट अनुसार, यो फिल्मले रिलिजको दिनमा ठुलो चुनौती सामना गर्नुपरेन। दीपावलीमा रिलिज हुने अर्को फिल्म ‘एक दिवानें की दिवानियत’ मात्र थियो।

यद्यपि, ‘थामा’ को ओपनिङ कलेक्शन अघिल्लो म्याडक हरर कमेडी युनिभर्स फिल्म ‘स्त्री २’ को ३५ करोड र गत दीपावालीमै रिलिज भएको ‘भुल भुलैया ३’ को ३२ करोड भारतीय रुपैयाँको तुलनामा कम रहेको छ।

दिनेश विजन र अमर कौशिकद्वारा निर्मित ‘थामा’ म्याडक हरर कमेडी युनिभर्सको पाँचौँ शृङ्खला हो, जसले भ्याम्पायरको कथावस्तु प्रस्तुत गर्छ। फिल्म आयुष्मान खुरानामा केन्द्रित छ, जो अचानक भ्याम्पायर बन्छन् र पछि रश्मिका मन्दानासँग प्रेममा पर्छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend