logo
  • शनिबार, असोज १७ २०८३

चार हजार आठ सयले घट्यो सुनको मूल्य


  • पब्लिक सूचना
  • आइतबार, कार्तिक २ २०८२

काठमाडौँ, कात्तिक २ गते । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला चार हजार आठ सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन  प्रतितोला दुई लाख ५३ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।
यसअघि शुक्रबार दुई लाख ५८ हजार रुपियाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा ७५ रुपियाँ घटेको हो । शुक्रबार प्रतितोला तीन हजार ३५० रुपियाँमा कारोबार भएको चाँदी आज तीन हजार २७५ रुपियाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend