logo
  • शनिबार, असोज १७ २०८३

नेपाल र बङ्गलादेशको दोस्रो खेल आइतबार


  • पब्लिक सूचना
  • आइतबार, असार ३१ २०८०

काठमाडौं, असार ३० गते । नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आइतबार हुनेछ । पहिलो खेलमा इन्जुरी समयमा गोल गर्दै हार टारेको नेपाल दोस्रो खेलमा स्पष्ट जित निकाल्ने योजनामा छ ।

बिहीबार भएको खेलमा नेपाल र बङ्गलादेश १–१ गोलको बराबरीमा रोकिएका थिए । बङ्गलादेशले ६५औँ मिनेटमा सुरुवाती गोल गरेको थियो । बङ्गलादेशका लागि सविना खातुनले गोल गर्नुभएको थियो । नेपालका लागि सावित्री भण्डारीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई हारबाट जोगाउनुभएको थियो ।

नेपालले चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले यसअघि बङ्गलादेशसँग गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । त्यतिवेला नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend