पब्लिक सूचना
काठमाडौं । गीतकार तथा निर्माता प्रमोद भट्टराई ‘प्रतीक’ को लगानी र शब्द रचनामा तयार भएको ‘तिम्रा मनका कुरा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। एक प्रेमिल र कर्णप्रिय गीतका रूपमा आएको यो प्रस्तुतिलाई दर्शकहरूले रुचाउने विश्वास निर्माण पक्षले लिएको छ।
गीतमा प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको छ भने यसमा कीर्ति न्यौपानेको संगीत रहेको छ । श्रेया अगस्तीको सुमधुर स्वर रहेको यस गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ। गीतमा गितार सञ्जीव सुब्बा, रिदम भुवन गन्धर्व र बाँसुरी उमेश पण्डितले बजाएका छन्।
यसको म्युजिक भिडियोलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। भिडियोमा जीबी चिरन (चिरञ्जीवी सापकोटा), स्मारिका ढकाल र महेन्द्र बमको अभिनय रहेको छ। प्रशान्त गौतम र राम बिष्टको विशेष उपस्थिति रहेको भिडियोमा पुनम चौधरीको श्रृंगार रहेको छ।
सङ्केत अगस्तीको निर्देशन रहेको भिडियोको छायाङ्कन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन, कलर र जीएफएक्सको काम पदम सुवेदीले गरेका छन्। निशान एसकेको रचनात्मक निर्देशन र पटकथा रहेको भिडियोको कथा तथा अवधारणा साक्षी र श्रेयाले तयार पारेका हुन्। यसलाई प्रमोद भट्टराई ‘प्रतीक’ ले निर्माण गरेका हुन्।
‘तिम्रा मनका कुरा’ गीतलाई प्रतीक क्रियसनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। यस अघि पनि प्रमोद भट्टराई ‘प्रतीक’ का ‘चुपचाप मन पराएँ’, ‘कहीँ कतै हराएँ भने’ जस्ता गीति सङ्ग्रह तथा एकल गीतहरूले चर्चा पाइसकेका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend