logo
  • आइतबार, असोज १८ २०८३

इजरेलमा शव र डीएनए परीक्षण, विपिन जोशीको शव केही दिनमा नेपाल ‘आउन सक्ने’


  • पब्लिक सूचना
  • मंगलबार, असोज २८ २०८२

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा सोमबार साँझ हस्तान्तरित दुईमध्ये एक शव नेपाली विद्यार्थी विपीन जोशीको रहेको पुष्टि भएको छ । डीएनए परीक्षणबाट उक्त शव विपीनको भएको खुलेको इजरायली मिडिया द जेरुसेलम पोस्टले उल्लेख गरेको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएका विपीनको शव सोमबार साँझ हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको थियो । रेडक्रसले शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।

शव प्राप्त गरेपछि इजरायली सेनाले नेसनल इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिनबाट डीएनए परीक्षण गराएको थियो । डीएनए परीक्षण गराउँदा उक्त शव विपीन रहेको खुलेको हो ।

यसबारे इजरायली सेनाले विपीनको परिवारलाई जानकारी दिइसकेको र शव बुझ्न अनुरोध गरेको द जेरुसेलम पोस्टले जनाएको छ ।

वर्षौंको प्रतीक्षा र आशा आज दुःखद अन्त्यमा पुगेको छ। नेपाली छोराको माया सम्झँदा मन रोइदिन्छ। देशमै राम्रो अवसर भए विपिन जोशीजस्ता युवाहरु विदेशमा हुनु पर्दैनथ्यो। अब भने यो कारुणिक खबरले सम्पूर्ण नेपाली हृदय स्तब्ध बनाएको छ। विपिन जोशीप्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारप्रति गहिरो समवेदना।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend