logo
  • शनिबार, असोज १७ २०८३

युएईमाथि रोमाञ्चक जितपछि नेपाल आज कतारविरुद्ध विजयी यात्रामा


  • पब्लिक सूचना
  • सोमबार, असोज २७ २०८२

आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको दोस्रो खेलमा नेपाल आज  कतारसँग भिड्दैछ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा राति ८:४५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । यस खेल जिते नेपालको विश्वकप यात्रा सहज बन्नेछ ।

समूह चरणदेखि अपराजित नेपालले सुपर सिक्सको पहिलो खलमा आइतबार युएईमाथि एक रनको रोमाञ्चक जित हात पारेको थियो ।

यस्तै सुपर सिक्सको पहिलो खेलमा घरेलु टोली ओमानसँग ३४ रनले पराजित भएको कतार पनि नेपालविरुद्ध जित निकाल्दै विश्वकमा छनोट हुने सम्भावना जीवित राख्ने लक्ष्यमा छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend