logo
  • शनिबार, असोज १७ २०८३

झोल साबुन उत्पादनमा महिला सक्रिय


  • पब्लिक सूचना
  • आइतबार, असार ३१ २०८०

सिन्धुपाल्चोक, असार ३१ गते । चौतारा साँगचोकगढी नगरपालिका–५, चौताराका महिलाहरू घरमै फिनेल र झोल साबुन उत्पादन गरी आम्दानी गर्न थालेका छन् ।

लुगा धुन, भाँडा माझ्न, टायल सफा गर्न फिनेल, झोल, लिक्युड साबुन उत्पादनमा महिला व्यस्त हुन थालेका छन् । फालिएका प्लास्टिकका बोतल फिनेल र झोल साबुनमा पुनः प्रयोग हुन थालेपछि वातावरण स्वच्छ र सफा हुन थालेको छ ।

उत्पादित फिनेल र झोल साबुन चौतारा र अन्य बजारमा खपत हुन थालेको छ । प्रतिबोतल ९० रुपियाँमा फिनेल र झोल साबुन बिक्री हुन थालेको छ ।

चौताराकी फिनेल र झोल साबुन उत्पादन गर्दै आएकी मीना श्रेष्ठले स्थानीय महिलाले जागिर र अन्य व्यवसाय गरेर पनि फुर्सदको समयमा घरमै फिनेल र झोल साबुन उत्पादन गरी राम्रै आम्दानी लिन थालेको जानकारी दिनुभयो ।

चौताराका सरकारी, गैरसरकारी कार्यालय, होटल, टोल, छिमेक, विद्यालयबाट फिनेल र झोल साबुनको माग धेरै आउने गरेको व्यवसायी महिलाले जनाएका छन् । साबुन र सर्फभन्दा धेरै राम्रो भनेर उपभोग गर्नेबाट प्रतिक्रिया आउने गरेको उनीहरूको भनाइ छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend