logo
  • शनिबार, असोज १७ २०८३

जेनजी प्रदर्शनबाट अर्थ मन्त्रालयसहित मातहतका कार्यालयमा ८६ करोड ३२ लाखको क्षति


  • पब्लिक सूचना
  • बिहिबार, असोज २३ २०८२

काठमाडौँ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालयसहित मातहतका कार्यालयहरूमा ८६ करोड ३२ लाखको क्षति भएको छ ।

अर्थ मन्त्रालयका अनुसार भन्सार विभागले गरेको प्रारम्भिक क्षति अनुमान अनुसार देशभरका भन्सार कार्यालयहरूमा मात्रै करिब ४७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।  अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडले अर्थ मन्त्रालय र मातहतका कार्यालयहरूमा ८६ करोड ३२ करोडको क्षति भएको बताए ।

उनले भन्सार आन्तरिक राजस्व, कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलगायत आगजनीले क्षतिग्रस्त बन्द उक्त रकम बराबरको क्षति भएको बताए ।

उनले भने,‘झापा, इटहरी, विराटनगर, लहान, जनकपुर, सिरहा, हेटौडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेल्धुरा र पोखराका १० वटा आन्तरिक राजस्व कार्यालय लगायत देशभरका भन्सार कार्यालयमा गरी ४७ करोड क्षति पुगेको प्रारम्भिक अनुमान छ ।’

उनले अर्थ मन्त्रालयको मात्रै ३९ करोड ३२ लाख रुपैयाँ क्षति भएको जानकारी दिए ।

मुख्यतया सवारी साधन र कार्यालयका सामानहरूमा क्षति पुगेको छ । भवनको क्षति भने समावेश नगरिएकाे प्रवक्ता पाण्डेयले जानकारी दिए ।

आगजनीबाट अर्थ मन्त्रालयमा १६ वटा चारपाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका थिए ।

अर्थमन्त्रीले चढ्ने सवारीसाधनसहित १६ वटा चारपाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति पुगेका थिए भने अतिरिक्त शिक्षा शाखामा प्रयोग भइरहेका २२ वटा चारपाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति र ३६ वटा मोटरसाइकल र १८ वटा स्कुटरमा पूर्ण क्षति भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend