logo
  • आइतबार, असोज १८ २०८३

अविरल वर्षापछि बाढीपहिरो प्रभावितलाई राहत वितरण सुरु


  • पब्लिक सूचना
  • बुधबार, असोज २२ २०८२

प्रधानमन्त्री कार्की-सम्बोधन काठमाडौँ, २९ भदौ : प्रधानमन्त्री सुशीला कार्की आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

सरकारले असोज १७–१९ गते परेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ। मृतकका परिवारलाई दुई लाख र बेपत्ताका परिवारलाई राहत उपलब्ध गराइने छ। घरबास गुमाएकालाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ अनुदान दिइनेछ भने स्थायी आवासका लागि हिमालमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ उपलब्ध गराइनेछ।

बैठकले घाइते ४७ जनाको निःशुल्क उपचार गर्ने, बेपत्ता व्यक्तिको खोज र उद्धार जारी राख्ने, सडक, खानेपानी, विद्युत्, सञ्चारलगायतका अत्यावश्यक सेवा सञ्चालन गर्ने र महामारी रोकथामका लागि जनचेतना तथा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा विपत् व्यवस्थापन, राहत वितरण र सुरक्षा निकायहरूको समन्वयमा कार्ययोजना अघि बढाउने निर्णय भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend