logo
  • शनिबार, असोज १७ २०८३

कार्गो रेल चाँडै सञ्चालनमा आउँछ : मन्त्री ज्वाला


  • पब्लिक सूचना
  • आइतबार, असार ३१ २०८०

जनकपुरधाम, असार ३१ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कार्गो रेल सञ्चालनमा ल्याउन मन्त्रालय तयारी गरिरहेको बताउनुभयो । आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले सो कुरा बताउनुभएको हो ।

भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भङ्गाहा बिजलपुरासम्म रेल सेवा सञ्चालनको उदघाटन कार्यक्रममा सहभागी हुन जनकपुरधाम आउनुभएका मन्त्री ज्वालाले पत्रकारसँगको कुराकानीमा भन्नुभयो, “तपाईहरुको चासो र मन्त्रालयको विचार मिल्दोजुल्दो छ । छिटोभन्दा छिटो  कार्गो रेल सञ्चालन ल्याउन मन्त्रालयले तयारी गरिरहेको छ ।”

यसैक्रममा मन्त्री ज्वालाले मित्रराष्ट्र भारतले सहयोगस्वरुप दिएको कुनै पनि विषयलाई नेपाल भित्र्याउन कुनै बाधा अड्चन नआउने उहाँको भनाइ छ । सरकारलाई तिर्ने करको विषयलाई लिएर विलम्ब नहुने जानकारी पनि उहाँले दिनुभयो । मन्त्रीले आम जनताको चाहनाअनुरुप चाँडोभन्दा चाँडो काम सञ्चालन गर्ने प्रयासमा मन्त्रालय रहेको बताउनुभयो ।

कार्गो रेल सञ्चालनमा मुआब्जा केही बाधक भएको कुरालाई प्रष्ट गर्नुहुँदै मुआब्जाको समस्या चाँडै समाधान गरी कार्गो रेल सञ्चालनमा आउन कुनै कुरा बाधक नहुने उहाँको भनाइ छ । रेलका प्राविधिक कर्मचारीलाई भारतले तालिम दिने भनिएको विषयमा कर्मचारीलाई छनोट गरेर भारत पठाउने प्रक्रियामा सरकार लागिरहेको उहाँले बताउनुभयो ।

सो अवसरमा मन्त्री ज्वालाले धनुषा र सिरहा जोड्ने कमला नदीमा बनिरहेको हुलाकी सडक जोड्ने कमला पुल निर्माणमा पनि मन्त्रलायलले चासो देखाउँदै कमसल काम गर्ने ठेक्का कम्पनीलाई निस्क्रीय बनाउँदै लगिरहेको पनि उहाँले चर्चा गर्नुभयो । वर्षौदेखि अलपत्र रहेको भौतिक निर्माणका संरचनालाई पुनः निर्माण गरिने तर्फ लाग्ने जानकारी उहाँले दिनुभयो ।

मन्त्री ज्वालाले काम नगर्ने तर मोविलाइजेशन पेश्की दिने योजनालाई अलपत्र बनाउने ठेक्कापट्टा गर्ने कम्पनीलालाई निस्क्रीय बनाउनेतर्फ वर्तमान सरकार लागेको जिकीर पनि गर्नुभयो ।

पत्रकारसँगको कुरामा मन्त्रीले यातायात क्षेत्रमा सुधारोन्मुख काम भएको दावी गर्नुहँुदै पाँच वर्षमा नवीकरण गर्नुपर्ने लाइसेन्स अब १० वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था आएको बताउनुभयो । राजस्व संकलनका लागि अनलाइन माध्यम अपनाएका राजस्व संकलनमा पनि वृद्धि भएको उहाँले बताउनुभयो ।

सेवालाई सर्वसुलभ बनाउने कार्यलाई तिव्रता दिँदै सम्पूर्ण सेवा अनलाइनबाट माध्यमबाट सञ्चालन गर्नेतर्फ लागेको मन्त्रीको भनाइ छ । यातायात व्यवस्थालाई अझैं चुस्त दुरुस्त बनाउन संघ र प्रदेश मिलेर काम गर्नेतर्फ अग्रसर भएको उहाँले बताउनुभयो ।

यस्तै, मन्त्री ज्वालाले पाँच दलीए गठबन्धनको आधार बलियो रहेको र त्यही आधारमा  समाजवादी मोर्चा गठन भएको उहाँको भनाइ छ । यो गठबन्धनमा नेतृत्व फेरिए पनि पाँचदलीय गठबन्धन भने रहिरहने उहाँले बताउनुभयो । समाजवादी मोर्चाको योजना दीर्घकालीन रहेको बताउनुहुँदै समाजवादी मोर्चालाई बलियो बनाउने उचित माध्यम पनि गठबन्धन दल रहेको दावी गर्नुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend