पब्लिक सूचना
WASHINGTON, DC - JANUARY 20: President Donald Trump signs executive orders in the Oval Office on January 20, 2025 in Washington, DC. Trump takes office for his second term as the 47th president of the United States. (Photo by Anna Moneymaker/Getty Images)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा युद्धको अन्त्य गर्न र कैदीको रिहाइ गर्न संयुक्त राज्य अमेरिका र प्यालेस्टिनी इस्लामिक समुह (हमास) बिच चलिरहेको वार्तामा द्रुत प्रगति भइरहेको बताउनु भएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गदै ट्रम्पले वार्ता सफल भई रहेको र अपेक्षाकृत रुपमा अगाडि बढेको बताउनु भएको छ । सम्झौतालाई अन्तिम रूप दिन प्राविधिक टोली सोमबमार इजिप्टमा पुनः भेट्ने अपेक्षा गरिएको छ । सम्झौताको पहिलो चरण यसै हप्ता सुरु हुने उल्लेख गर्दै उहाँले सबै पक्षलाई दुःखको अन्त्य गर्न र शान्ति प्राप्त गर्न द्रुत गतिमा अघि बढ्न आग्रह गर्नु भएको छ ।
अमेरिकी राष्ट्रपतिले ट्रम्पले हमासको प्रतिक्रियालाई स्वागत गर्दै, अमेरिकाले इजरायल र हमासबिचको सम्झौताले इजरायलका लागि ठूलो सम्झौताको प्रतिनिधित्व गर्ने जनाउनु भएको छ । जसमा २०-बुँदे अमेरिकी प्रस्तावका प्रमुख प्रावधानको स्वीकृति समावेश छ । यस योजनामा शत्रुता अन्त्य गर्ने, गाजा पट्टीबाट इजरायली सेना फिर्ता गर्ने र प्यालेस्टिनी कैदीको बदलामा इजरायली बन्धकको रिहाइ समावेश छ ।
द्वन्द्व अन्त्य गर्ने र यस क्षेत्रमा स्थिरता पुनः स्थापना गर्ने आफ्नो योजना रहेको ट्रम्पले बताउनु भएको छ । यद्यपि, उहाँले हामासले शक्ति त्याग्न र गाजा पट्टीको नियन्त्रण हस्तान्तरण गर्न अस्वीकार गरे उसले पूर्णरूपमा उन्मूलनको सामना गर्नु पर्ने चेतावनी दिनु भएको छ ।
कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको नेतृत्वमा गाजामा चलिरहेको युद्धको अन्त्य गर्ने, पुनः र्निर्माणको लागि मार्ग प्रशस्त गर्ने र पट्टीमा स्थायी मानवीय र राजनीतिक स्थिरता स्थापना गर्ने विस्तृत सम्झौतामा पुग्न क्षेत्रीय र अन्तर्राष्ट्रिय कूटनीतिक प्रयास पछि वार्ता प्रत्रिया अघि बढेको जनाइएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend