logo
  • शनिबार, असोज १७ २०८३

अरनिको राजमार्गमा ढुङ्गा खस्दा थप जोखिम, धुलिखेल र पाँचखालमा सवारी रोकियो


  • पब्लिक सूचना
  • शनिबार, असोज १८ २०८२

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

शुक्रबार साँझदेखि परेको अविरल बर्षाका कारण काभ्रेपलान्चोकको नागरिकको जनजीवन प्रभावित बनेको छ । शुक्रवार साँझदेखि परेको बर्षासँगै काभ्रेपलान्चोक भएर बहने खोला तथा खोल्सामा पानीको बहाव बढेको छ ।

बर्षासँगै जिल्लामा रहेको रोसी खोलामा पानीको बहाव बढेर बाढीपहिरोको जोखिम बढेसँगै राजधानीबाट पूर्वी पहाडी र तराइको जिल्ला जोड्ने बिपी राजमार्गमा सवारी रोकिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले पानी बढेसँगै बिपी राजमार्ग भएर बहने रोसी खोलाको बहाव बढेर बाढी र पहिरोको जोखिम रहेकाले सवारी साधनलाई राजमार्गमा नै रोकिएको (होल्ड) गराइएको बताउनुभयो ।

उहाँले बिपी राजमार्ग भएर जाने सवारीसाधनलाई धुलिखेल, काभ्रेभन्ज्याङ, भकुन्डे र मङगलटारमा रोकिएको बताउनुभयो । उहाँले शनिवार बिहानदेखि बर्षा हुनेक्रम बढेकाले बढेकोले बाढी र पहिरोको जोखिमबाट हुनसक्ने क्षति कम गर्न सवारी रोकिएको बताउनुभयो ।

यसैगरी बर्षासँगै अरनिको राजमार्गको धुलिखेल खावा सडकमा समेत सडकमाथिबाट ढुङ्गा खस्न सुरु भएकाले अरनिको राजमार्ग भएर चल्ने सवारीसाधनलाई धुलिखेलमा र पाँचखालमा रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । बर्षा भएसँगै दसैं मनाएर गाउँबाट सहर हिंडेका तथा टीका लगाउन आफन्तकोमा हिँडेका सर्वसाधारण अलपत्र परेका छन् ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend