पब्लिक सूचना
सर्लाही । आम जनता पार्टी (आजपा) का प्रवक्ता चन्द्र भुषण साहले सरकारद्वारा अस्थायी, करार एंव ज्यालादारी कर्मचारीहरुको अप्रत्याशित कटौती गरिएकोमा आपत्ति जनाएका छन ।
“सरकारी घरमा मासुभात र जनताको घरमा आँसुभात कहिलेसम्म ? के बलिदान जहिले पनि गरिब र कमजोरले मात्र दिनुपर्छ, ठुला बडाले यस्तो संकटको समयमा पनि सानो त्याग देखाउन सक्दैन र !” भन्दै उनले प्रधानमन्त्री सुशील कार्कीसंग प्रश्न गरेका छन ।
मितव्ययीताको नाममा अस्थायी, करार एंव ज्यालादारीमा काम गरिरहेका गरिब जनताको छोराछोरीलाई चाडबाडको मुखमा जागिरबाट निकाल्दै गर्दा प्रधानमन्त्री, मन्त्री लगायत देशका अन्य वरिष्ठतम् शासक प्रशासकज्यूहरुले आठ महिना काम गरेर दशैं भत्ता सहित तेह्र महिनाको तलब बुझ्ने विभेदकारी लुटेरा परम्परा यसपालीको राष्ट्रिय शोक र संकटको समयमा पनि किन जारी रह्यो ? भन्दै आजपा प्रबक्ता साहले प्रश्न गरेका छन ।
`प्रमज्यू! हजुरहरुले मितव्ययीताको नाममा करार र दिनगन्ती (दैनिक ज्यालादारी) मा काम गरिरहेका गरिब जनताको छोराछोरीलाई चाडबाडको मुखमा जागिरबाट निकाल्दै गर्दा मन्त्री – प्रधानमन्त्री लगायत देशका अन्य वरिष्ठतम् शासक प्रशासकज्यूहरुले ८ महिना काम गरेर दशैं भत्ता सहित १३ महिनाको तलब बुझ्ने विभेदकारी लुटेरा परम्परा यसपालीको राष्ट्रिय शोक र संकटको समयमा पनि किन जारी रह्यो ?´ सामाजिक संजाल फेसबुकमा साहले लेखेका छन् ।
विगतका प्रधानमन्त्रीदेखि लिएर हालकी प्रधानमन्त्री नेतृत्वको सरकारसम्मका ‘विभेद एवं लुटकारी नीतिको निरन्तरतामाथि’ प्रश्न सहित उनले आफ्नो फेसबुक पोस्टमा Hello Sarkar र प्रधानमन्त्री सुशिला कार्कीलाई ट्याग गर्दै “राष्ट्रिय शोक र संकटको घडीमा पनि शासकहरूको भत्तामुखी संस्कृति किन यथावत्?” भनेर सवाल राखेका छन् ।
उनको यस प्रश्नले सामाजिक सञ्जालमा व्यापक चासो र बहस सिर्जना गरेको छ । विशेषगरी, दशैं, तिहार र छठ जस्ता ठूला पर्वको बेलामा ज्यालादारी तथा करारमा कार्यरत हजारौं परिवारलाई रोजगारीबाट विस्थापित गर्ने सरकारी कदमलाई ‘निर्दयी’ र ‘असमानतामूलक’ भन्दै आलोचना बढ्दै गएको छ ।
सीबी साहले यसलाई केवल गरिबसँगको विभेद एवं प्रशासनिक अन्याय मात्र नभई, “जनताको आँसुमाथि शासकको भोज” भन्ने आर्थिक, सामाजिक एवं राजनीतिक व्यङ्ग्य समेत प्रस्तुत गरेका छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend