पब्लिक सूचना
लिमासोल, साइप्रस। विदेशमा रहेर पनि नेपाली संस्कृतिलाई जीवन्त राख्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रस (International Nepalese Chef Society Cyprus) ले साइप्रसको लिमासोलमा बृहत् सांगीतिक कार्यक्रमको आयोजना गर्दैछ। नेपालीहरूको महान् चाडहरू दशैं, तिहार र छठको पावन अवसर पारेर आयोजना गर्न लागिएको यस कार्यक्रमलाई ‘भान्से धमाका २’ नाम दिइएको छ, अन्तरास्ट्रिय नेपाली शेफ सोसाइटी साइप्रसका महासचिव गोपाल तिम्सिनाले जनकारी दिए।
आगामी अक्टोबर ५, २०२५, आइतबारका दिन लिमासोलको Trikkis Palace मा बिहान १० बजेदेखि सुरु हुने यस कार्यक्रमको प्रमुख आकर्षण नेपालका राष्ट्रिय कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहनेछ। पोस्टरमा उल्लेख भएअनुसार चर्चित गायक तुल्सी सिवाकोटीको विशेष प्रस्तुति रहनेछ, जसले प्रवासी नेपालीहरूलाई आफ्नै माटोको झल्को दिनेछ।
यो कार्यक्रम साइप्रसमा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकै ठाउँमा भेला गराउने, आपसी सद्भाव बढाउने र चाडपर्वको शुभकामना आदानप्रदान गर्ने एउटा महत्वपूर्ण अवसर हुनेछ।
सेफ सोसाइटीका प्रतिनिधिहरूले जनाएअनुसार यो कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र नभई, परदेशमा रहेका नेपाली युवा पुस्तामाझ आफ्नो संस्कृति र परम्पराको जग बलियो बनाउन आयोजित गरिएको हो। चाडपर्वहरूमा टाढा रहेका प्रियजनको सम्झनालाई कम गर्दै, सामूहिक उत्सव मनाउने यो प्रयासले नेपाली समुदायलाई एकताबद्ध गर्न मद्दत पुग्नेछ।
कार्यक्रममा प्रवेशका लागि €२० (युरो) को टिकटको व्यवस्था गरिएको छ। कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्था तथा व्यवसायीहरूले सहयोग गरेका छन्।
कार्यक्रमको सारांश:
आयोजकले साइप्रसमा रहेका सम्पूर्ण नेपाली भाषी दाजुभाइ दिदीबहिनीलाई हार्दिक निमन्त्रणासहित दशैं, तिहार र छठ पर्वको शुभकामना व्यक्त गरेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend