logo
  • आइतबार, असोज १८ २०८३

नेपाल लिफ्टले जेन्जी आन्दोलनमा क्षति भएको सबै लिफ्ट निःशुल्क बनाईदिने


  • पब्लिक सूचना
  • सोमबार, असोज ६ २०८२

नेपाल लिफ्टस प्रा. लि. ले गएको जेन्जी आन्दोलनका क्रममा भवनहरुमा भएको तोडफोड तथा आगजनीमा परेर विग्रिएका लिफ्ट तथा एस्केलेटर्सको निःशुल्क मर्मत संभार गर्ने घोषणा गरेको । एशिया फुजी एलिभेटरको आधिकारीक विक्रेताको रुपमा नेपालमा एलिभेटर तथा एस्केलेटरको ब्यापार २ दशक यता गर्दै आएको नेपाल लिफ्ट्स ले एशिया फुजी सँगको सहकार्यमा यो अभियान अगाडि सारेको हो ।

“सामाजिक उत्तरदायित्व अन्तर्गत यो अभियान अगाडि बढाउने हामीले निर्णय गरेका छौं”, नेपाल लिफ्टस् प्रा. लि. का प्रबन्ध निर्देशक निरज श्रीवास्तव भन्छन्, “जेन्जी आन्दोलनले देश परिवर्तनको कोशिस गरेको छ, आन्दोलनका क्रममा भौतिक क्षति हुनु दुखद् भएपनि यो भैसक्यो अव देशलाई पुननिर्माणको खाँचो छ । जसमा हामी सहयात्री बन्न चाहन्छौं ।”

जेन्जी आन्दोलनका क्रममा क्षति भएका सबै सरकारी तथा निजी भवनका लिफ्टहरुको आवश्यक मर्मत संभार नेपाल लिफ्टस्ले गर्ने भएको हो । यस क्रममा नेपाल लिफ्टस्ले निर्माण तथा आपुर्ती गरेका सबै लिफ्टको मर्मत संभार पूर्ण रुपले निःशुल्क गर्नेछ भने नेपाल लिफ्ट तथा एशिया फुजी बाहेकका लिफ्टको हकमा भने मर्मत संभारमा लाग्ने स्पेयर्स पार्टस् सम्बन्धित कम्पनी वा भवन धनीले उपलब्ध गराउनु पर्नेछ । तर, यसको मर्मतमा लाग्ने सम्पूर्ण शुल्क तथा प्राविधिक जनशक्ति नेपाल लिफ्टस्ले उपलब्ध गराउनेछ । यसका लागि नेपाल लिफ्टसको हटलाईन ९८५१०३८७७६ वा ९८५१२३८७७६ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

देशमा भएको यो आन्दोलनको क्रममा दुईसय भन्दा बढी एस्केलेटर तथा एलिभेटर्समा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend