logo
  • शनिबार, असोज १७ २०८३

विम्बल्डन टेनिसको उपाधि जित्दै भोन्ड्रोसोभाले रचिन् इतिहास


  • पब्लिक सूचना
  • आइतबार, असार ३१ २०८०

Czech Republic's Marketa Vondrousova in action against Tunisia's Ons Jabeur during the women's singles final on day thirteen of the Wimbledon tennis championships in London, Saturday, July 15, 2023. (AP Photo/Alastair Grant)

चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभाले विम्बल्डन टेनिसको महिला एकलको उपाधि जित्दै इतिहास रचेकी छ्न्।

२४ वर्षीय मार्केटाले विम्बल्डनको उपाधि जित्ने पहिलो गैरवरीयताकी खेलाडी बन्दै इतिहास रच्न सफल भइन्।  उपाधि जित्ने क्रममा उनले ट्युनिसियाकी ओन्स जाबेउरलाई पराजित गरिन्। खेलमा मार्केटाले ६-४ र ६-४ को सहज जित निकाल्न सफल भइन्।  छैटौं वरियताकी २८ वर्षीया जबेउरले आफूले खेलेका तीनवटै प्रमुख फाइनलमा हार बेहोर्न बाध्य भइन्।  तेस्रो प्रयासमा पनि प्रमुख उपाधि जित्न नसकेपछि उनले आँशु झारेकी थिइन्।

उपाधि जितेकी मार्केटा नाडीको शल्यक्रियापछि मैदान फर्किएकी थिइन्। उनी गत वर्ष विम्बल्डनमा फ्यानका रूपमा आएकी  थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend