पब्लिक सूचना
गोदावरी (ललितपुर), भदौ २० गते । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको बन्दसत्र सुरुभएको छ । राष्ट्रिय धुन, नेकपाका संस्थापक पुष्पलाल, जनताको बहुलदीय जनवादको प्रणेता मदन भण्डारी, कम्युनिस्ट पार्टीको पहिलो निर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारी लगायत सहिदहरुको सम्झनामा उदघाटनसत्रमा शोकधुन बजाइएको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । महासचिव शंकर पोखरेलले पहिलो दिनको कार्यसूचि, आचारसंहिता पेश गर्नुभएको छ । आज कार्यक्रममा त्यस पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।
त्यसैगरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजयसुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ । सबै प्रतिवेदन प्रस्तुसँगै अन्तिममा स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत पेश गर्ने कार्यसूचि रहेको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend