पब्लिक सूचना
पोखरा, भदौ १९ । वात्सल्य एभरेष्ट महिला भलिबल लिग–२०२५ को खेल तालिका सार्वजनिक गरिएको छ। बहुप्रतिक्षित लिग भदौ २० गते (सेप्टेम्बर ५) बाट पोखरास्थित मल्टिपर्पोज कवर्ड हलमा सुरु हुने भएको छ।
लिगमा ६ टोलीहरू—कर्णाली यशभिस, ललितपुर क्विन्स, पोखरा निन्जास, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड र लुम्बिनी लावाज — सहभागिता जनाउनेछन्।
उद्घाटन खेलमा कर्णाली यशभिस र पोखरा निन्जासबीच भदौ २० गते दिउँसो २ बजे भिडन्त हुने छ भने सोही दिनको दोस्रो खेलमा ललितपुर क्विन्सले मधेश युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।
कुल १५ लिग चरणका खेल सञ्चालन हुने लिगमा टोलीहरूले एक–अर्कासँग भिड्नेछन्। शीर्ष दुई टोलीले भदौ २८ गते (सेप्टेम्बर १३) हुने फाइनल खेलमा प्रवेश पाउनेछन्। फाइनल खेल दिउँसो ३ बजे हुने कार्यक्रम छ।
यस पटकको प्रतियोगिता लाई वात्सल्य, टर्किश एयरलाइन्स, वियानेट, माई सिटी लगायतका संस्थाहरूले प्रायोजन गरेका छन् भने प्रत्यक्ष प्रशारण OSR स्पोर्ट्स, TikTok र Himalaya TV बाट हुने बताइएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend