पब्लिक सूचना
sf7df8f}F, !% r}tM
pk/fi6«klt ofbj
pk/fi6«klt /fd;xfok|;fb ofbjnfO{ a'waf/ g]jfM kqsf/ /fli6«o ba"sf tkm{af6 a'emfOPsf] Wofgfsif{0f kq a'em]kl5 cfˆgf] wf/0ff /fVg'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;
उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक र कानुनी व्यवस्थालाई सबैले अक्षरशः पालना गर्नसके मुलुकमा शैक्षिक क्षेत्रले महत्त्वपूर्ण फड्को मार्ने बताउनुभएको छ।
शुक्रबार २१० औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपालमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने, राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने संवैधानिक व्यवस्था गरेको बताउनुभयो।
उहाँले अपांगता भएका र आर्थिक रुपमा विपन्न भएका नागरिकलाई कानुन बमोजिम निःशुल्क पाउने हक हुने व्यवस्था गरेको उल्लेख गर्नुभयो। उहाँले मुलुकको शैक्षिक उन्नयनका लागि शिक्षालय, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला सबैले दत्तचित्त भएर आफ्नो स्थानबाट विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘कुनै पनि व्यक्ति, समाज र समग्र मुलुककै विकास र समृद्धिको स्तर, त्यस देशले उपलब्ध गराएको शिक्षको अवस्था र गुणस्तरले निर्धारण गर्छ। त्यसैले त आधुनिक राज्य प्रणालीमा प्रत्येक राज्यले आफ्ना नागरिकका लागि देशको मुल कानुनमै शिक्षा सम्बन्धी निश्चित अधिकारको व्यवस्था गरेको हुन्छ। जसलाई मौलिक अधिकारका रुपमा लिइन्छ। नेपालमा पनि प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने संवैधानिक व्यवस्था छ। अपांगता भएका र आर्थिक रुपमा विपन्न भएका नागरिकलाई कानुन बमोजिम निःशुल्क पाउने हक हुने व्यवस्था गरेको छ। यी संवैधानिक र कानुनी व्यवस्थालाई सबैले अक्षरशः पालना गर्नसके मुलुकमा शैक्षिक क्षेत्रले महत्त्वपूर्ण फड्को मार्नेछ।’’
उपराष्ट्रपति यादवले नेपालमा आदिकवि भानुभक्त आचार्यको देन महत्त्वपूर्ण रहेको बताउनुभयो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend