पब्लिक सूचना
गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले गीतमार्फत् जनतालाई जागरुक हुन आग्रह गरेका छन्। शर्माले आफ्नै शब्द, संगीत र स्वरमा ‘तिम्रा नेता बिग्रिए, जाग जनता’बोलको गीत बजारमा ल्याएका हुन्। उनले सार्वजनिक गीतमार्फत् नेताहरूलाई खबरदारी गर्दै जनतालाई जागरुक हुन आग्रह गरेका हुन्।
शर्माले फूले भोट हालेर जिताएका नेता बिग्रिए देश नै बिग्रिने बताउँदै जनतालाई जागरुक हुन भनिरहेका छन्। अहिले जनता बाठा भएको बताउँदै झुक्याउने दिन गएको चेतावनी पनि उनले नेतालाई दिइरहेका छन्।
युवापुस्तामा रहेको विदेश मोहदेखि कर्मचारी बिग्रिएका कुरालाई समेत उनले गीतमा व्यक्त गरेका छन्। गीतको भिडिओमा पशुपति स्वयम् देखिएका छन्। उनीहातमा माइक बोकेर जनता जगाउँदै हिँडेका भिडिओमा देखिन्छ।
दुर्गा पौडेलको छायांकन एवं निर्देशन रहेको भिडियो प्रकाश धमलाले सम्पादन गरेका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend