पब्लिक सूचना
रियल म्याड्रिडका प्रशिक्षक जाबी अलोन्सोले आइतवार स्पेनिस ला लिगामा ओभिएदोविरुद्ध भिनिसियस जुनियरलाई बेन्चमा राखेर सुरुआत गरे।
तर ब्राजिलियन स्टार दोस्रो हाफमा मैदानमा गरेपछि निर्णायक भूमिका खेले । एक गोलका लागि असिस्ट गरे भने अर्को गोल आफैं गरे । जसले रियललाई ३-० को जित दिलायो। फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पेले रियलका लागि २ गोल गरे।
रियल ला लिगामा पहिलो २ खेलमै जित हासिल गर्ने ३ क्लबमध्ये एक बनेको छ। तर शीर्ष स्थान भिल्लारियलले लिएको छ। दोस्रो जित निकाल्ने क्रममा भिल्लारियलल गिरोनाविरुद्ध ५–० को सानदार जित दर्ता गर्यो।
ओसासुनाले भ्यालेन्सियालाई १-० ले हरायो ।एस्पान्योलविरुद्ध २-० ले पछि परेको खेललाई रियल सोसिडाडले २-२ को बराबरी गर्न सफल भएको छ।
भिनिसियसको ठाउँमा उनको ब्राजिलियन सहकर्मी रोड्रिगोले सुरुवात गराइएको थियो। रोड्रिगोले जुनमा भएको क्लब वर्ल्ड कपको उद्घाटन खेलपछि पहिलो पटक प्रतिस्पर्धात्मक खेलको सुरुआत गरेका थिए। पहिलो हाफमा रियल हाबी हुँदा रोड्रिगोले दुई–तीन अवसरमा गोल नजिक ल्याए।
तर गोल भने अर्को स्टार फरवार्डले एमबाप्पेले गरे । ३७ औं मिनेटमा आर्दा गुलेरको पासलाई एम्बाप्पेले उत्कृष्ट रूपमा नियन्त्रण गर्दै गोल गरे।
पहिलो हाफमा नवप्रवेशी घरेलु टोली ओभिएदोको एक मात्र प्रहारका विरुद्ध रियलले १७ प्रहार गर्यो। ६३औं मिनेटमा रोड्रिगोको ठाउँमा मैदान प्रवेश गरेका भिनिसियसले ८३औं मिडफिल्डमा बल खोसेर एम्बाप्पेलाई पास दिए। त्यसमा उनले दोस्रो गोल थपे।
इन्जुरी समयमा भिनिसियसले काउन्टर अट्याकमा गोलगरेपछि रियल ३-० ले विजयी भयो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend