logo
  • शनिबार, असोज १७ २०८३

व्हाइट हाउसले ट्रम्पको टिकटक खाता सुरु गर्‍यो, प्रतिबन्धको समय सीमा नजिकिंदै


  • पब्लिक सूचना
  • बुधबार, भाद्र ४ २०८२

ह्वाइट हाउसले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल एपका लागि नयाँ मालिक फेला पार्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने समय सीमा भन्दा एक महिना कम रहँदै आधिकारिक टिकटक खाता सुरु गरेको छ ।

यस खाताले मङ्गलबार दिउँसो २७ सेकेन्डको आफ्नो पहिलो भिडियो पोस्ट गरेको छ । उक्त भिडियो क्लिपमा ट्रम्प हिँड्दै आफ्ना समर्थकहरूसँग कुरा गर्दै गरेको दृश्य देखाइएको छ । साथै सन् २०१६ रिपब्लिकन नेसनल कन्भेन्सनमा उहाँको स्वीकृति भाषणको अडियो पनि समावेश छ ।

पहिलो भिडियो सार्वजनिक भएको केही घण्टामै खाताले ५७ हजारभन्दा बढी फलोअर्स जुटाएको छ । यद्यपि गत वर्ष चुनावी अभियानका लागि प्रयोग गरिएको टिकटक खातामा एक करोड ५० लाखभन्दा बढी फलोअर्स रहेका छन् । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको यो एपलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

आदेशअनुसार, बाइटडान्सले आफ्नो अमेरिकी अपरेसन कुनै अमेरिकी कम्पनीलाई नबेचेसम्म एपलाई सञ्चालन गर्न नपाउने व्यवस्था थियो । तर कानूनी चुनौतीका कारण आदेश कार्यान्वयन भएन । दोस्रो कार्यकालपछि ट्रम्पले यस एपलाई समय दिने निर्णय गर्दै दुई पटक समयसीमा बढाउनुभएको छ । पहिलो पटक जनवरी २० मा र दोस्रो पटक अप्रिल ४ मा, दुवै पटक ७५ दिनका लागि ।

त्यसपछि जुन १९ मा ट्रम्पले अर्को कार्यकारी आदेशमा हस्ताक्षर गर्दै टिकटकलाई अमेरिकामा थप ९० दिन सञ्चालनको अनुमति दिनुभयो । यो समय सीमा सन् २०२५ सेप्टेम्बर १७ सम्म कायम हुने छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend