logo
  • सोमबार, असोज १९ २०८३

एम्बाप्पेको पेनाल्टी गोलमा रियल मड्रिडको विजयी सुरुवात


  • पब्लिक सूचना
  • बुधबार, भाद्र ४ २०८२

रियल मड्रिडले जितबाट ला लिगाको नयाँ सिजनको सुरुवात गरेको छ।

मंगलवार भएको आफ्नो पहिलो खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गरेको छ। केलियन एम्बाप्पेले ५१औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो।

दायाँ विंगबाट बल अघि बढाएका एमबाप्पेलाई ओसासुनाका डिफेन्डरले फाउल गरेपछि रियलले पेनाल्टी प्राप्त गर्यो। खेलमा रियलको पूर्ण नियन्त्रण भएपनि थप गोल भएन।

यो खेल रियलका नयाँ प्रशिक्षक साबी अलोन्सोको पनि पहिलो आधिकारिक लिग खेल हो । अलोन्सोले नयाँ सिजनका ३ नयाँ डिफेन्डर आल्भारो कार्रेरास, ट्रेन्ट अलेक्ज्यान्डर–आर्नोल्ड, र डिन होइसेनलाई पहिलो रोजाइमै राखे।

उनले कार्लो एन्सेलोटीको ठाउँ लिँदै क्लब वर्ल्ड कप अघि नै क्लब सम्हालेका थिए। एन्सेलोटीले ब्राजिलको राष्ट्रिय टोली सम्हाल्न रियल छाडेका थिए।

ओसासुनाका एक खेलाडी अन्तिम समयमा रातो कार्ड पाए। रियलका युवा खेलाडी फ्राङ्को मस्तान्तुआनोले दोस्रो हाफमा मैदान प्रवेश गर्दै समर्थकको ध्यान खिचे।

रियल धेरै राम्रो मौका बनाएको थियो भने ओसासुनाले रक्षात्मक खेल्यो। पहिलो हाफमा एम्बाप्पेको अर्को प्रहार पोष्टमाथिबाट गएको थियो।

गत सिजन रियल लिगमा बार्सिलोनापछि दोस्रो भएको थियो। ओसासुना नवौँ स्थानमा रहेको थियो।बार्सिलोनाले जितबाट नै लिगको सुरुवात गरिसकेको छ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend