logo
  • आइतबार, असोज १८ २०८३

३ युवा नयाँ अनुहारसहित अर्जेन्टिनाको ३१ सदस्यीय टोली सार्वजनिक


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र ३ २०८२

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी भेनेजुएला र इक्वेडरविरुद्धको अन्तिम विश्वकप छनोट खेलका लागि राष्ट्रिय टोलीमा फर्किएका छन्।

इन्टर मियामीमा खेल्दा चोट लागेपछि मेस्सी केही समय मैदान बाहिर थिए। अहिले उनी पुनः फिट छन् र एलए ग्यालेक्सीमाथि ३-१ को जितमा गोल र असिस्ट गर्दै शानदार पुनरागमन गरेका छन्।

अर्जेन्टिना २०२६ विश्व कपको लागि पहिले नै छनोट भइसकेको छ। अन्तिम दुई खेल राम्रो शैलीमा समाप्त गर्ने लक्ष्यसहित प्रशिक्षक लियोनल स्कालोनीले ३१ खेलाडीको बलियो समूह घोषणा गरेका छन्।

टोलीमा ३ युवा खेलाडी फ्रान्को मास्तान्तुओनो (रियल म्याड्रिड),
क्लाउडियो एचेभेरी (म्यानचेस्टर सिटी),निको पास (कोमो ) पहिलो पटक टोलीमा समेटिएका छन्।

रातो कार्डका कारण प्रतिबन्ध रहेका एन्जो फर्नान्डेज (चेल्सी) र म्यानचेस्टर युनाइटेडको मुख्य टोलीबाट टाढा प्रशिक्षण गरिरहेका एवम् चेल्सीसँग ट्रान्सफर चर्चा चलिरहेका अलेहान्द्रो गार्नाचो टोलीमा छैनन्।

जुनमा मेस्सीले सीमित समय मात्र खेलेका थिए। तर अहिले उनी फेरि टोलीको अग्रभागमा नेतृत्व गर्न तयार छन्। अर्जेन्टिना अनुभवी र युवा खेलाडीको मिश्रणसहित विश्व कप छनोटको यात्रा सुखद रुपमा टुंग्याउन चाहन्छ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend