logo
  • शनिबार, असोज १७ २०८३

मिसेस तिज सिजन–१ २०८२’ को उपाधि प्रतिमा काफ्लेलाई


  • पब्लिक सूचना
  • सोमबार, भाद्र २ २०८२

काठमाडौं ।  लग्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टद्वारा आयोजित ‘मिसेस तिज सिजन–१ २०८२’ को उपाधि प्रतिमा काफ्लेले जितेकी छिन् ।

लग्जरी इभेन्टले आयोजना गरेको उक्त तिज विशेष प्रतियोगितामा काफ्ले सँगै आत्मविश्वासका साथ आफ्नो प्रतिभा प्रस्तुत गरेका अन्य प्रतियोगीलाई समेत सम्मान गरिएको थियो । जसमा एलिशा काफ्ले, दुर्गा घिमिरे गिरी र सेमिला श्रेष्ठलाई आयोजकले शुभकामना सँगै मेडल प्रदान गरेको हो ।

कार्यक्रममा लललितपुर महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्य सँगै स्थानीय वडा प्रतिनिधिले समेत उपस्थित भएर हौसला बढाएका थिए ।आइतबार ललितपुरको महालक्ष्मिस्थानमा आयोजना भएको कार्यक्रमलाई सफलतासाथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आयोजकले आभार प्रकट गरेको छ ।

तस्बिरहरु: 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend