logo
  • आइतबार, असोज १८ २०८३

इमर्जिङ टिम्स एसिया कप सुरु, नेपाल आज पाकिस्तानसँग खेल्दै


  • पब्लिक सूचना
  • शुक्रबार, असार २९ २०८०

आसर २९,शुक्एरबार (आशिष लामिछाने)। सीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट बिहीबारदेखि श्रीलङ्कामा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन श्रीलङ्का ‘ए’ र बङ्गलादेश ‘ए’ तथा  अफगानिस्तान ‘ए’ र ओमान ‘ए’ बीच प्रतिस्पर्धा भएको छ ।

नेपाल प्रतियोगिताको समूह ‘बी’ मा छ । नेपालले समूहको आफ्नो पहिलो खेल आज शुक्रबार पाकिस्तान ‘ए’ सँग हुनेछ । यस समूहमा नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), पाकिस्तान र भारत ‘ए’ छन् ।

समूह  ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान छन् । एसियाका आठ टोली सहभागि प्रतियोगितामा राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । अन्य देशले युवा खेलाडीलाई मौका दिएका छन् ।

May be an image of 9 people, people playing soccer, people playing football, grass and textनेपालले दोस्रो खेल जुलाई १७ मा भारत ‘ए’ सँग खेल्नेछ । नेपालले जुलाई १९ मा युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल जुलाई २३ तारिख हुनेछ । यस प्रतियोगिताको कुनै पनि खेललाई एक दिवसीय मान्यता रहनेछैन ।

प्रतियोगितामा भाग लिन नेपाली टोली यसअघिनै श्रीलङ्का गइसकेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिताका लागि यसअघि नै १६ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ । रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा सूर्य तामाङ, सन्दीप जोरा, श्याम ढकाल र देव खनालले पुनरागमन गर्नुभएको छ । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी पनि टोलीबाहिर हुनुहुन्छ ।

क्यानडामा आयोजना हुने टी–२० ग्लोबल खेल्न जान लागेका कारण सन्दीप र दीपेन्द्रलाई टोली बाहिर राखिएको हो । आइसिसी एक दिवसीय विश्वकप खेलेका चार खेलाडीमा करण केसी र ज्ञानेन्द्र मल्ललाई पनि विश्राम दिइएको छ । यस्तै क्यानले पारिवारिक कारण आरिफ शेखले प्रतियोगिता खेल्न नसक्ने भएपछि उहाँको स्थानमा पवन सरार्फलाई टोलीमा समेटेर श्रीलङ्का लगेको छ ।

नेपालले यस प्रतियोगितालाई एसिया कपको तयारीको रुपमा लिएको छ । एसिया कप आगामी अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलङ्कामै हुनेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूह ‘ए’ मा छन् ।

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

नेपाली टोली 

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, देव खनाल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललितनारायण राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend