logo
  • आइतबार, असोज १८ २०८३

बायर्नको लागि डेब्युमै डियाज चम्किए, सुपर कप उपाधि बायर्नको पोल्टामा


  • पब्लिक सूचना
  • आइतबार, भाद्र १ २०८२

नयाँ खेलाडी लुइस डियाज र हेरी केनको गोलमा बायर्न म्युनिखले स्टुटगार्टलाई २-१ ले पराजित गर्दै जर्मन सुपर कप उपाधि जितेको छ।

क्लबमा आफ्नो पहिलो खेल खेलिरहेका डियाजले उत्कृष्ट प्रदर्शन गरे। डियाजले लिभरपुलबाट ६५.५ मिलियन पाउण्डमा बायर्नमा ४ वर्षका लागि अनुबन्ध भएका थिए। उनले ७७ औँ मिनेटमा सर्ज नाब्रीको क्रसमा हेड गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए।

गोलपछि डियाजले आफ्नो पूर्व लिभरपुल सहकर्मी डियोगो जोटालाई श्रद्धाञ्जली अर्पण गर्दै जोटाको गोल सेलिब्रेसन शैली अनुकरण गरे। जोटा र उनका दाजु आन्द्रे सिल्भाको गत जुलाईमा कार दुर्घटनामा मृत्यु भएको थियो।

त्यसअघि १८ औं मिनेटमा इंग्ल्यान्डका कप्तान केनले प्रतिपक्षको खराब क्लियरन्सको फाइदा उठाउँदै गोल गरेका थिए।

इन्ज्युरी समयमा स्टुटगार्टका जेमी लेवेलिङले एक गोल फर्काए । बायर्नले सिजनको पहिलो उपाधि जित्यो ।

बायर्नले जर्मन सुपर कप ११ औँ पटक जितेको कीर्तिमान बनाएको छ। केनका लागि यो दोस्रो जर्मन उपाधि हो

अब बायर्नले २२ अगस्टमा आरबी लाइपजिगविरुद्ध बुन्डेसलिगा उपाधि रक्षा गर्ने यात्राको सुरुवात गर्नेछ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend