logo
  • सोमबार, असोज १९ २०८३

कैलाली जेल काण्ड: प्रमुख जिल्ला अधिकारी र जेलर दुवैको सरुवा


  • पब्लिक सूचना
  • बिहिबार, साउन २९ २०८२

कैलाली कारागार घटनाको छ दिनपछि प्रमुख जिल्ला अधिकारी इन्जिनियर गोगनबहादुर हमाललाई गृह मन्त्रालयमा तानिएको छ । बुधबार गृहमा उहाँको सरुवा भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

हमालको ठाउँमा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल आउनुहुने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी लम्साल बिहीबार साँझसम्म वा शुक्रबारसम्म कैलाली पुग्ने बताइएको छ ।

गएको शुक्रबार मध्यराति कारागारमा ब्लक ए का कैदीले ब्लक बी का कैदीमाथि आक्रमण गरेका थिए । त्यस हिंसात्मक झडपमा धनगढीका ४० वर्षीय भारत चौधरीको ज्यान गएको थियो । ४७ जना कैदी घाइते भएका थिए ।

कारागार घटनापछि तत्कालीन जेलर वसन्त खत्रीलाई पनि सरुवा गरिएको थियो । नयाँ जेलरमा जालन्धर भुसाल आउनुभएको छ । कारागार घटनामा सुरक्षा संयन्त्र चुकेको आरोप लागेको छ । कारागार घटना हुनु अगाडि प्रमुख जिल्ला अधिकारी हमालसहित जिल्ला सुरक्षा समितिले कैयौं पटक कारागारको अनुगमन गरेको थियो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend