पब्लिक सूचना
बार्सिलोनाले प्रि सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ।
जोन ग्याम्पर ट्रफीमा आइतबार बार्सिलोनाले इटालियन क्लब कोमोलाई ५-० ले हराएको छ। बार्सिलोनालाई जितमा फर्मिन लोपेज र लामिन यामलले समान २ तथा अर्को गोल राफिन्हाले गरे ।
२१औं मिनेटमा लोपेजको गोलमा बार्सिलोनाले अग्रता लियो । ३५औं मिनेटमा उनैले अर्को गोल गरे।
राफिन्हाले ३७ औं मिनेटमा तेस्रो गोल गरे ।
४२औं मिनेटमा यामलले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४-० फराकिलो अग्रता लियो ।
यामलले ४९औं मिनेटमा अर्को गोल गरे ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend