पब्लिक सूचना
जयन्त श्रीवास्तव निर्दोष साबित, मिता अग्रवाल र ज्योति अग्रवाल फरार काठमाडौं। सिप्रबी सिक्योरिटिज प्राइभेट लिमिटेडको उजुरी प्रकरणमा आलोचित जयन्त श्रीवास्तव निर्दोष साबित भएका छन्। उजुरी गर्ने पक्ष मिता अग्रवाल र ज्योति अग्रवालले गरेको दाबिमा विरोधाभास पाइएको छ भने उनीहरू अहिले फरार छन्।
मिता र ज्योतिले दाबी गरेका थिए कि उनीहरू सिप्रबी सिक्योरिटिजका पुराना ग्राहक हुन् तर कम्पनीको रेकर्ड अनुसार उनीहरूको कुनै ट्रेडिङ खाता नै भेटिएन। यसले उनीहरूको उजुरी झूटा रहेको प्रमाणित भएको छ। यसैगरी, दिपेन्द्र अग्रवालले मिडियामा भन्ने गरेको दाबि र उनकी पत्नी र बहिनीले उजुरीमा गरेको बयान बीच पनि विरोधाभास देखिएको छ।
यता जयन्त श्रीवास्तव बिरुद्धको प्रोपोगन्डा फेल हुने देखेसँगै दिपेन्द्र अग्रवाल यस प्रकरणमा मौन एवं शोसल मिडियाबाट गायब जस्तै भएका छन्। उनीसँग यस प्रकरणको कुनै सम्बन्ध नभएको पुष्टि भएको छ। उनको निर्दोषिता प्रमाणित भएपछि उनलाई रिहा गरिएको छ। अहिले उजुरी गर्ने मिता अग्रवाल र ज्योति अग्रवाल फरार छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ। यस प्रकरणमा थप अनुसन्धान जारी छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend