logo
  • शनिबार, असोज १७ २०८३

कार्तिक र कियाराको फिल्म ‘सत्यप्रेमकी कथा’ ले कमायो १०० करोड


  • पब्लिक सूचना
  • बिहिबार, असार २८ २०८०

बलिउड अभिनेता कार्तिक आर्यन र कियारा आडवानी अभिनीत फिल्म ‘सत्यप्रेमकी कथा’ ले बक्स अफिसमा औसत व्यापार गरिरहेको छ।

भदौ १५ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले १२ दिनमा विश्वभरबाट १०१ करोड ६० लाख भारू कमाएको छ। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले भारतबाट मात्रै ६८ करोड ६ लाख भारू कमाएको हो।

यो फिल्मको लागत ६० करोड भारू बताइएको छ। फिल्मले औसत व्यापार गरेपनि आफ्नो लगानी सुरक्षित गरेको छ।

फिल्ममा कार्तिक एक गुजराती युवाको भूमिकामा देखिएका छन्। जो आफ्नो विवाहको लागि केटी खोजिरहेका हुन्छन्। उनको जीवनमा कियारा आउँछिन्। त्यसपछि उनीहरूको जीवनमा आउने उतारचढाबलाई फिल्ममा देखाइएको छ।

समीर विदवान्सले निर्देशन गरेको फिल्ममा कार्तिक र कियारासँगै सुप्रिया पाठक, गजराज राव, सिद्धार्थ रेन्देरिया, अनुराधा पटेल, राजपाल यादव, निर्मित सावन्त, शिखा तल्सानियालगायत कलकारको अभिनय छ।

साजिद नाडियाडवाला, शरीन मन्त्री केडिया र किशोर अरोराको लगानी रहेको फिल्मको कथा करण श्रीकान्त शर्माले लेखेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend