logo
  • सोमबार, असोज १९ २०८३

निःशुल्क औषधि र बीमा सेवाबारे छलफल


  • पब्लिक सूचना
  • मंगलबार, साउन २० २०८२

आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका सम्बन्धमा अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टीकृत सेवा र सेवा विस्तारका लागि सङ्घीय अस्पतालका लागि डाक्टर, नर्ससहित दुई हजार एक सय जनशक्ति थप गर्न प्रस्ताव गरेको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सात वटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डक्टर, नर्सलगायतका जनशक्ति जरुरी भएकोबारे थप परामर्श गरी अघि बढ्ने बताउनुभयो ।

सो अवसरमा स्वास्थ्य बिमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने निःशुल्क औषधी, भक्तपुरको दुवाकोटमा बनाइने वीर अस्पतालको डिपिआर, जलनलगायतका विषयमा छलफल भएको थियो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend