पब्लिक सूचना
मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर महुवाही – २०७९ साउन १७ गते: पूर्वमन्त्री तथा सम्माननीय जुली महतोज्यूले आफ्नो पुर्खौली घर मिथिला बिहारी नगरपालिका–३ स्थित मिथिलेस्वर महुवाही गाउँमा पारिवारिक साथमा घडि पूजाको अवसरमा कुल देवता कारिक बाबाको विधिवत रूपमा पूजापाठ गर्नुभएको छ।

घडि पूजाको पहिलो दिन सम्पन्न उक्त पूजामा उहाँले आफ्नो परिवारका सदस्यहरूसँग सहभागी हुँदै स्थानीय जनसमुदायको सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको थियो।

पूजापछि आयोजित पारिवारिक तथा धार्मिक कार्यक्रमले सामाजिक सद्भाव र परम्परागत संस्कृतिको संरक्षणमा सन्देश पुर्याएको छ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend