पब्लिक सूचना
वि. सं. : वि. सं २०८२ साउन १८ गते आइतबार
इ.सं. : 3rd August 2025 (Sunday)
सूर्योदय: बिहान ०५:२९ बजे
सूर्यास्त: बेलुका १८:५० बजे
तिथि : नवमी ०८:०२ सम्म, तत्पश्चात् दशमी
पक्ष : श्रावण शुक्लपक्ष
नक्षत्र : विशाखा ०६:१२ सम्म, तत्पश्चात् अनुराधा
योग : शुक्ल ०७:०७ सम्म, तत्पश्चात् ब्रह्म
करण : कौलव ०८:०२ सम्म, तत्पश्चात् तैतिल
चन्द्रराशि: वृश्चिक
ऋतु : वर्षा
अयन : दक्षिणायन
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक तनाव बढ्न सक्छ, स्वास्थ्य कमजोर रहन सक्छ। अधुरो काममा अवरोध आउनसक्छ। विद्यार्थीले मेहनत गर्नुपर्नेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोकिएका कामहरू बन्नेछन्। लगानी लाभदायी हुनेछ। दाम्पत्य जीवनमा समझदारी बढ्नेछ। अध्ययनमा प्रगति हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आत्मविश्वास बढ्नेछ। शत्रुहरू पराजित हुनेछन्। पारिवारिक तथा प्रेम जीवन राम्रो रहनेछ। सरकारी काममा सफलता मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारसँग समय बिताउन सकिनेछ। स्वास्थ्य सामान्य रहनेछ। व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ। अध्ययनमा सुधार आउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यमा समस्या आउन सक्छ। काममा बाधा आउन सक्छ। साथीभाइको सहयोग कम मिल्नेछ। अध्ययनमा रुचि घट्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तको सहयोग प्राप्त हुनेछ। आम्दानी बढ्नेछ। पारिवारिक सम्बन्ध मजबुत हुनेछ। रमाइलो यात्रा सम्भावित छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हतारमा निर्णय नगर्नुहोस, समस्या निम्तिन सक्छ। संचित धन खर्च हुन सक्छ। अध्ययनमा ध्यान दिए राम्रो नतिजा प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानी बढ्नेछ। रोकिएको धन प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्च बढ्न सक्छ। व्यवसायमा लगानी आवश्यक पर्न सक्छ। जागिरमा चुनौती आउन सक्छ। स्वास्थ्यप्रति सचेत रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक लेनदेन सहज हुनेछ। अग्रजको सहयोग मिल्नेछ। प्रेम जीवन सुखद रहनेछ। विद्यार्थीलाई सफलता मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काम सुरु गर्न राम्रो समय छ। कार्यक्षेत्रमा सहजता आउनेछ। आर्थिक वृद्धि हुनेछ। साथीभाइको साथ मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक सुख मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ। आर्थिक पक्ष मजबुत हुनेछ। कानुनी तथा प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend