पब्लिक सूचना
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रस (एनआरएनए-एनसीसी साइप्रस) को ११औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। यस अधिवेशनबाट अध्यक्षमा धाता नन्द पाण्डे निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा विन्दु दुलालले जिम्मेवारी सम्हाल्नुभएको छ।
नवनिर्वाचित कार्यसमितिमा महासचिवमा रेणुका थापा मगर, सचिवमा राम कृष्ण दाहाल, कोषाध्यक्षमा मनमाया तामाङ, युवा संयोजकमा अशोक पाण्डे र महिला प्रतिनिधिमा आयुषमा गुरुङ चयन हुनुभएको छ।

कार्यसमितिको सदस्यहरुमा गोपाल प्रसाद तिमिल्सिना, लाल बहादुर बुढा र तेन्जिङ लामा शेर्पा रहनुभएको छ।
यसपटकको निर्वाचन समितिमा पिडला गौतम (संयोजक) र कोपिला बिष्ट (सदस्य) रहनुभएको थियो।
विशेषगरी, नवनिर्वाचित सदस्य गोपाल प्रसाद तिमिल्सिनाको चयनले साइप्रसमा रहेका नेपाली समुदायमा थप उत्साह र प्रेरणा थपेको छ। उहाँको सक्रियता र समुदायप्रतिको समर्पणले धेरैलाई आकर्षित गरेको छ। तिमिल्सिनाजीको नेतृत्व क्षमता र सकारात्मक सोचले भावी दिनमा एनआरएनए-एनसीसी साइप्रसलाई अझ उचाइमा पुर्याउने विश्वास लिइएको छ। उहाँको उपस्थितिले साइप्रसमा रहेका नेपालीहरुको हकहित र कल्याणका लागि थप प्रभावकारी काम हुने अपेक्षा गरिएको छ।

नवनिर्वाचित सम्पूर्ण पदाधिकारीज्यूहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं। उहाँहरुको नेतृत्वमा एनआरएनए-एनसीसी साइप्रसले प्रवासमा रहेका नेपालीहरुको समस्या समाधान र उनीहरुको हकहितका लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी विश्वस्त छौं।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend