logo
  • शनिबार, असोज १७ २०८३

इंग्ल्यान्डले युरो २०२५ को उपाधि जित्दै रच्यो इतिहास


  • पब्लिक सूचना
  • सोमबार, साउन १२ २०८२

इंग्ल्यान्डले स्पेनलाई ३-१ गोलले पेनाल्टी सुटआउटमा पराजित गर्दै वुमन्स युरो २०२५ को उपाधि जितेको छ।

इंग्ल्यान्डले लगातार दोस्रो पटक युरोको उपाधि जितेको हो।

युरो २०२२ को फाइनलमा वेम्बलीमा ऐतिहासिक विजयी गोल गरेकी क्लोई केली फेरि एकपटक फेरि इंग्ल्यान्डको जितमा नायक बनिन्।

स्पेनले लगातार तीन पेनाल्टी गुमाएपछि केलीले निर्णायक पेनाल्टीमा गोल गर्दै जित सुनिश्चित गरेका थिए।

स्पेनका दुई पेनाल्टीलाई इंग्लिस गोलकिपर हन्ना ह्याम्पटनले उत्कृष्ट बचाउ गरेकी थिइन्।

यो पहिलो पटक हो जब कुनै इंग्ल्यान्डको टोलीले विदेशी भूमिमा प्रमुख उपाधि जितेको हो

यो उनको दुई फरक देशबाट लगातार तेस्रो युरोपेली उपाधि हो। यसअघि उनले सन् २०१७ मा नेदरल्यान्ड्सबाट उपाधि जितेकी थिइन्।

नकआउट चरणका तीनवटै खेलमा पहिले गोल खाएको इंग्ल्यान्ड फाइनलमा पनि पछि पर्दा लगभग हारको संघारमा पुगेको देखिन्थ्यो।

पहिलो हाफमा मारियोना काल्डेन्टेको हेडर गोलले स्पेनलाई खेलमा नियन्त्रण दिलाएको थियो। बैकल्पिक खेलाडीको रूपमा क्लोई केली मैदान प्रवेश गरेपछि खेलमा प्रभाव देखियो।

केलीको उत्कृष्ट क्रसलाई एलेसिया रुसोले हेडरमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend