logo
  • आइतबार, असोज १८ २०८३

सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकीको फाइनल खेल्ने सम्भावना समाप्त


  • पब्लिक सूचना
  • बुधबार, असार २७ २०८०

गण्डकी प्रदेश सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । उपाधि लक्ष्यसहित तीन भारतीय खेलाडीको साथ आएको गण्डकी टिप टप हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित हुँदै फाइनल खेल्ने सम्भावना समाप्त गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा हेल्प नेपालले गण्डकीमाथि २५–२२, २५–१७ र २८–२६ को जित हात पार्यो । पहिलो सेटमा उत्कृष्ट प्रतिस्पर्धा गरेपनि गण्डकी जितसम्म पुग्न सकेन । एक समय १७–१७ बराबरीको अवस्थाबाट हेल्प नेपालले लगातार चार अंक बटुलेपछि जितको आधार तय गरेको थियो ।

दोस्रो सेटमा भने हेल्प नेपालले एकल प्रदर्शन गर्यो । सुरुवातनै हेल्प नेपालले ७–० को गरेको थियो । तेस्रो सेटमा प्रशिक्षक रमेश केसीले तीनै भारतीय खेलाडीलाई बेन्चमा राख्दै सबै आफ्नो टोली मैदान उतारेको थियो । भारतीय खेलाडी विनाको आफ्नै टोलीको गण्डकीले सानदार प्रदर्शन गर्यो ।

निकै कडा प्रतिस्पर्धा गर्दै खेललाई रोमान्चक बनायो । आफ्नै खेलाडी भएको गण्डकी उच्च प्रदर्शन गरेपनि जित निहाल्न सकेन । हेल्प नेपालको लागि पाकिस्तानका माजहर अलीको प्रदर्शन सानदार रह्यो । उनी सामु गण्डकीका खेलाडीको केहि लागेन ।

गण्डकी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३–२, नेपाल एपिएफसँग ३–१ र आर्मीसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । गण्डकी ४ खेलमा १ अंकका साथ पाँचौं स्थानमा छ ।

गण्डकीले अव बिहीबार शैलुङ र शुक्रबार दावाली मिलनसँग खेल्नेछ । तर त्यो जित फाइनलमा पुग्न पर्याप्त हुनेछैन । ७ टोली सहभागी प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्ने हुँदा गण्डकी दुई खेल अगावै लिगबाटै बाहिरिएको छ ।

यता हेल्प नेपालले फाइनल सम्भावना बलियो बनाए । हेल्प नेपाल ३ खेलमा ९ अंकका साथ दोस्रो स्थानमा छ । आर्मी ३ खेलमा ९ अंक भएपनि शीर्ष स्थानमा छ ।

हेल्प नेपालले यसअघि शैलुङ र दावालीमाथि सोझो सेटमा जित हात पारेको थियो । हेल्प नेपालले अव तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसँग खेल्न बाँकी छ । बुधबार पुलिस, बिहीबार एपिएफ र शुक्रबार आर्मीसँग खेल्नेछ ।

नेपाल पुलिस क्लब ३ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल एपिएफ क्लब २ खेलमा ६ अंकका साथ चौथो स्थानमा छ । चार खेल खेलेको दावाली र तीन खेल खेलेको सुलैङ बिहीन हुँदै छैटौं र सातौं स्थानमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend