logo
  • आइतबार, असोज १८ २०८३

‘विद्यार्थी आन्दोलन र नेविसंघ’ पुस्तक सभापति देउवाद्वा विमोचन


  • पब्लिक सूचना
  • आइतबार, साउन ११ २०८२

काठमाडौँ, साउन ११ गते । नेपाली कांग्रेसका पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘विद्यार्थी आन्दोलन र नेविसंघ’ नामक पुस्तक विमोचन गर्नुभएको छ ।

नेपाल विद्यार्थी संघका नेता आकाश उप्रतीद्वारा लेखन तथा शंकलन गरिएको ‘विद्यार्थी आन्दोलन र नेविसंघ’ नामको पुस्तक सभापति देउवाले शनिबार विमोचन गर्नुभएको हो ।

उक्त विमोचन कार्यक्रममा नेविसंघसम्बन्धी पुस्तक प्रकाशन गरेकोमा देउवाले लेखक आकाश उप्रेतीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सभापति देउवा निवास बुढानिलकण्ठमा भएको पुस्तक विमोचन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष राजीव ढुंगाना, केन्द्रीय सदस्यहरू सिता गुरूङ,  प्रतिमा गौतम, प्रदिप सुनुवार, चितवन कांग्रेस सभापति राजेश्वर खनाल, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, पर्टीका नेताहरू, नेविसंघ र तरुण दलका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो ।

विद्यार्थी आन्दोलन र नेपाल विद्यार्थी संघका बारेमा जान्न र बुझ्न चाहनेका लागि पुस्तक अत्यन्तै उपयोगी रहेको नेविसंघका नेताहरुले बताएका छन् । नेविसंघको राजनीति गर्ने, इतिहास र वर्तमान बुझ्न चाहनेहरुका लागि प्रेरणादायी र मार्गदर्शक बन्ने विद्यार्थी नेताहरू बताउँछन् ।

विद्यार्थी राजनीति, आन्दोलन र नेविसंघका बारेमा लेखिएका पुस्तक अभाव भइरहेका बेला उप्रेतीको पुस्तकाले नयाँ पुस्तालाई लोकतान्त्रिक दलमा जोडिन सघाउ पुग्ने उनीहरूको बुझाइ छ ।

आफ्नो पुस्तकमा नेपालको विद्यार्थी आन्दोलन, विश्व राजनीतिमा विद्यारविसंघको इतिहासलाई समेटिएको नेविसंघ केन्द्रीय सदस्य समेत रहेका लेखक उप्रेतिले बताउनुभयो ।

पूर्वाञ्चल क्याम्पसमा सुनसरीको इकाई सचिव, इकाई सभापतिको जिम्मेवारी सम्हालिसकेका लेखक उप्रेती हाल नेविसंघको केन्द्रीय सदस्य हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend