logo
  • आइतबार, असोज १८ २०८३

विद्या भण्डारीले आज किन गर्दैछिन् पत्रकार सम्मेलन?


  • पब्लिक सूचना
  • शुक्रबार, साउन ९ २०८२

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दैछिन्। भण्डारीले शुक्रबार दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटबाट आफ्नो धारणा सार्वजनिक गर्न लागेकी हुन्।

गत मंगलबार मध्यरात सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले उनको राजनीतिक पुनरागमनलाई रोक लगाउने निर्णय गरेको थियो।

असार १४ गते ७४ औं मदनजयन्तीका दिन सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको यात्रामा बिराम लगाउने गरी एमालेले निर्णय गरेपछि अब के गर्ने भनेर बताउन उनले पत्रकार सम्मेलन गर्न लागेकी हुन्।

पत्रकार सम्मेलनमा उनले आफूनिकट नेता–कार्यकर्ताहरूलाई पनि बोलाएकी छिन्। एमाले केन्द्रीय कमिटीको निर्णयलाई उनले राजनीतिक एवम् कानुनी प्रतिवादको तयारी गरेकी छन्। र, विभिन्न विकल्पबारे परामर्श गरिरहेको उनीनिकट नेताहरूले जानकारी दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend