logo
  • आइतबार, असोज १८ २०८३

त्रिदेशीय टी–२० शृङ्खलामा आज न्युजिल्यान्ड र जिम्बाब्वे खेल्दै


  • पब्लिक सूचना
  • बिहिबार, साउन ८ २०८२

काठमाण्डौ – जिम्बाब्वेमा चलिरहेको त्रिदेशीय टी– २० क्रिकेट शृङ्खलाअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज न्युजिल्यान्ड र जिम्बाब्वे खेल्दैछन् । हरारे स्पोर्ट्स क्लबमा खेल नेपाली समय अनुसार बेलुकी पौने ५ बजे हुनेछ ।

फाइनलमा स्थान सुरक्षित गरिसकेको न्युजिल्यान्डका लागि यो खेल अभ्यासको अवसर जस्तै हुनेछ । जिम्बाब्वेले भने  शृङ्खलामा अहिलेसम्म कुनै प्रभाव पार्न सकेको छैन ।

दक्षिण अफ्रिका र न्युजिल्यान्डसँग लगातार हार भोगेका कारण जिम्बाब्वेलाई यो खेल जित्नैपर्ने दबाव छ । यसअघि न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई सात विकेटले हराएको थियो ।

लगातार तेस्रो खेल जितेको न्युजिल्यान्डको ६ अङ्क छ । शृङ्खलाको उपाधिका लागि शनिवार न्युजिल्यान्ड र अङ्क तालिकामा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका खेल्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend