logo
  • शनिबार, असोज १७ २०८३

थापाद्वारा उच्चस्तरीय छानबिन समिति गठनको माग


  • पब्लिक सूचना
  • शुक्रबार, साउन २ २०८२

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफू र आफ्ना छोरा गौरव थापाको विषयमा माइन्युटमा उतारमा समावेश निर्णयको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन्।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बिहिवार बुझाएको पत्रमा उच्चस्तरीय छानविन समिति बनाएर एन्फा कार्यसमिति बैठकको सत्य तथ्य सार्वजनिक गर्न मन्त्रीलाई आग्रह गरेका छन्।

गत चैत ११ र १२ गते एन्फा कार्यकारी समितिको बैठक दौरान एजेन्डामा नभएको, कुनै सदस्यले विषय उठान नगरेको र छलफल नै नभएको विषयलाई माइन्युट उतारमा समावेश गरी निर्णय पठाएर नेतृत्वले आफ्नो चरित्र हत्याको प्रयास गरेको थापाको आरोप छ।

‘विधानअनुसार एन्फाले कार्यसमितिका सदस्यलाई पठाएका एजेन्डामा म र मेरो छोरा गौरवको नाम समेत उल्लेख थिएन । त्यसमाथि सदस्यहरुले एजेन्डा थप्न पाउने व्यवस्थाअनुसार पनि कुनै पनि सदस्यले हाम्रो विषय उठान गरेका छैनन् । एन्फा सचिवालय आफैले पठाएको एजेन्डामा नभएको, सदस्यले विषय उठान नगरेको र बैठकमा पनि छलफल नभएको विषयमा माइन्युट उतार्ने क्रममा म र मेरो छोराको नाम जोड्‌दै एन्फा नेतृत्वले निर्णय भएको भनि थपेर पठाएको जानकारी गराउन चाहन्छु,’ पत्रमा भनिएको छ,’ बैठकमा उठदै नउठेका विषय लेख्ने तर छलफल भएका विषय निर्णयमा उल्लेख नगरेर एन्फा नेतृत्वले फिफा, एएफसी, सरकार तथा फुटबलप्रेमीमाझ भ्रम सिर्जना गर्ने प्रयास गरेकोमा नेपाली खेलकुदको अभिभावक संस्था युवा तथा खेलकुद मन्त्रालयको ध्यान आकर्षण गर्न चाहन्छु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend