logo
  • शनिबार, असोज १७ २०८३

इडब्लुभिएलमा दोस्रो संंस्करणका लागि गण्डकी थन्डर्सको सट्टा पोखरा निन्जाजको प्रवेश


  • पब्लिक सूचना
  • बिहिबार, साउन १ २०८२

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा दोस्रो संंस्करणका लागि गण्डकी थन्डर्सको सट्टा पोखरा निन्जाज प्रवेश गरेको छ।

पहिलो  संस्करणमा पनि ६ टोली सहभागी थिए । पोखरा निन्जाज भीसर्भ समूहको स्वामित्वमा रहेको टोली बताइएको छ । पोखरा निन्जाज गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै लिगमा सहभागी हुने टोलीले जनाएको छ। भलिबलका लागि गण्डकी प्रदेश उर्वर मानिन्छ। पोखरा निन्जाजले मार्की खेलाडी, प्रशिक्षक र गुडविल एम्बासडरबारे जानकारी सार्वजनिक गर्ने जनाएको छ ।

इडब्लुभिएलकी सिइओ स्नेभी चापागाईले सातौं टोलीका रुपमा पोखरा निन्जाज आबद्ध भएको बताएकी छिन्। दोस्रो संस्करणको अक्सन शुक्रवार हुँदैछ। इडब्लुभिएल भदौंमा आयोजना हुने यसअघि नै सार्वजनिक भइसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend