logo
  • आइतबार, असोज १८ २०८३

सेमी सोलिड स्टेट ब्याट्रीयुक्त एमजी फोर सार्वजनिक हुँदै


  • पब्लिक सूचना
  • मंगलबार, असार ३१ २०८२

काठमाडौं- मोरिस ग्यारेज (एमजी) ले सिंगल चार्जमा ८०० किलोमिटर रेन्ज दिने नयाँ एमजी फोर सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले अगस्टदेखि बिक्री सुरु गर्ने जनाएको छ।

यो मोडलमा पहिलोपटक सेमी सोलिड स्टेट ब्याट्री प्रयोग गरिँदैछ, जुन एसएआईसी ग्रुपअन्तर्गतको रेप्ट इनर्जीले निर्माण गरेको हो।

एमजी फोर एक स्पोर्टी ह्याचब्याक हो, जसमा १२० किलोवाट मोटर, १६० किमी प्रतिघण्टा स्पीड, र २७५० एमएम ह्वीलबेस दिइएको छ।

डिजाइनमा फ्रन्ट ग्रिल, टेललाइट र एलईडी लाइटबारमा नयाँपन आएको छ। साथै, ओप्पोसँग मिलेर बनाइएको स्मार्ट ककपिट प्रणालीले भ्वाइस कमाण्ड र जेस्चर नेभिगेसन जस्ता फिचर पनि उपलब्ध गराउँछ।

नेबुला प्लेटफर्ममा बनेको यो मोडल युरोप हुँदै नेपालमा पनि चाँडै भित्रिने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend