logo
  • शनिबार, असोज १७ २०८३

कोदारीस्थित अरनीको राजमार्ग चार दिनपछि सञ्चालनमा आयो


  • पब्लिक सूचना
  • सोमबार, असार ३० २०८२

३० असार, काभ्रेपलाञ्चोक । लगातारको वर्षाका कारण अवरुद्ध बनेको कोदारीस्थित अरनीको राजमार्ग चार दिनपछि सञ्चालनमा आएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ इकुमा खसेको पहिरो हटाएपछि अरनिको राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । राजमार्ग सञ्चालनमा आएसँगै रोकिएका कन्टेनरहरु नाका प्रवेश गरेका छन् ।

गत असार २६ गते बिहान ५ बजे कोदारी क्षेत्रमा पर्ने इकु खण्डमा वर्षासँगै माथिबाट आएको पहिरोले सडकको आवागमन ठप्प बनाएको थियो, जस कारण यात्रु र तातोपानी नाकाक्षेत्रका सवारीसाधनहरूले ठूलो सास्ती खेप्दै आएका थिए ।

असार २६ गते अवरुद्ध सडक मर्मतपछि केहीबेर चलेपनि पुन: अवरुद्ध भएको सडकलाई मर्मत गरिएको थियो । चार दिनपछि पहिरो पन्छाउँदै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend